अफगानिस्तानको तालिवान समूह र अमेरिकाबीच आज दोहामा शान्ति सम्झौता हुँदै

अफगानिस्तानको तालिवान समूह र अमेरिकाबीच आज दोहामा शान्ति सम्झौता हुँदै

एजेन्सी : अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाबीच आज शान्तिसम्झौता हुँदैछ ।कतारको राजधानी दोहामा हुने कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष लामो युद्ध अन्त्य हुने आशा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् अमेरिकाको पेन्टागनमा रहेका जुम्ल्याहा भवनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसोत अमेरिकाले तालिवानसँग शान्ति सम्झौताको लागि पटक–पटक प्रयास गर्दै आएको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेसँगै शान्ति सम्झौताको पहल गरेको थियो ।

खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।यता दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि आजै शनिबार अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा गरिने भएको छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ । घोषणासभापछि मात्र अफगान राष्ट्रपति घानीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।