प्रधानमन्त्रीलाई भेट्न माधव नेपाल बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न माधव नेपाल बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पग्नुभएको हो ।

यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी हुनुन्थियो ।दाहालनिवासमा बसेको बैठकको निर्णय प्रधानमन्त्रीलाई जानकारी गराउन नेता नेपाल पुगेको बताइएको छ ।