निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास

निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास

काठमाडौं । राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन सुरु भएको छ ।

अहिले प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ । निषेक्षित क्षेत्र तोकिएको नयाँ बानेश्वरमा प्रहरीले राखेको ब्यारिगेट प्रदर्शनकारीले तोड्ने प्रयास गरिरहेका छन् । पार्टीका शीर्ष नेताहरु भने प्रदर्शनमा आइसकेका छैनन् ।

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारले बिजुलीबजारलगायत क्षेत्रमा सुरक्षा तैनाथी बढाएको हो ।