ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ लाख ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।