काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।
दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.९६ डलर कायम भएको छ ।
यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६०.२९ र मुरवान क्रुडमा प्रतिब्यारेल ६१.५६ डलरमा कच्चा तेलको कारोबार भएको आयलप्राइसडटकमले जनाएको छ । गएको शनिबारदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क लगाएपछि यसको असर कच्चा तेलको मूल्यमा परेको हो । राष्ट्रपति ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ ।
ट्रम्पको नयाँ भन्सार दरको असर : कच्चा तेलको भाउ घट्यो, सस्तो हुँदै नेपालमा भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारी गरेको छ ।
अमेरिकाले तेल बेच्न थालेपछि विश्वबजारमा पेट्रोलियम पदार्थको भाउ अझ घट्ने देखिएको छ । यसको असर तेल उत्पादक तथा निर्यात गर्ने मुलुकको संगठन (ओपेक)लाई पर्ने देखिएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ अकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि यसको सकरात्मक असर नेपाली बजारमा पर्ने भएको छ ।
नेपालमा पनि अब पेट्रोलियम पदार्थ अझै सस्तो हुने देखिएको छ ।