एभरेष्ट प्रिमियर लीगको खेल तालीका सार्वजानिक

एभरेष्ट प्रिमियर लीगको खेल तालीका सार्वजानिक

काठमाडौं : एभरेष्ट प्रिमियर लीग (इपिएल)को खेल तालिका सार्वजनिक भएको छ। आगामी चैत्र १ गतेदेखि चैत्र १५ सम्म हुने प्रतियोगिता पहिलो चरणमा १५ खेल हुने छन् ।

त्यस्तै प्लेअफ र फाइनल गरी ४ खेल हुने छन् । इपिएलको पहिलो खेल डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच हुने छ।

त्यस्तै दुई खेल हुने दिन बिहान १० बजेर र २ बजे खेल शुरु हुने छन् भने एक खेल हुने दिन दिउसो २ बजे खेल हुने सार्वजनिक खेल तालिकामा उल्लेख छ। फाइनल खेल चैत्र १५ गते शनिबार दिउसो २ बजे हुने छ। सबै खेल काठमाडौंमा नै हुने छन्।