ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो । 

जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।