उर्जामन्त्री खड्काको दाबी : कुलमानभन्दा योग्य मान्छे ल्याएका छौं

उर्जामन्त्री खड्काको दाबी : कुलमानभन्दा योग्य मान्छे ल्याएका छौं

काठमाडौं। ऊर्जामन्त्री दिपक खड्काले आफूहरुले नेपाल विद्युत प्राधिकरणमा सबैभन्दा योग्य व्यक्ति नेतृत्वमा ल्याएको दाबी गरेका छन् । उनले अहिले कार्यकारी निर्देशक बनाईएका हितेन्द्र देव शाक्य कुलमान घिसिङभन्दा योग्य व्यक्ति रहेको दाबी गरे । संसद् भवन परिसरमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

विपक्षीहरुको अवरोधको कारण हिजोदेखि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । विपक्षी दलहरुले कुलमान हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सदनमा जवाफ मागेका छन् । तर, सरकार प्रधानमन्त्री ओलीभन्दापनि उर्जामन्त्री दीपक खड्कामार्फत सदनमा जानकारी गराउने तयारीमा छ । आजपनि मन्त्री खड्का जवाफ दिने तयारीका साथ संसद् भवन पुगेका थिए । तर, आजको बैठक पनि बस्दै नबसी स्थगन् भएको छ ।

उनले कुलमान हटाएर हितेन्द्रदेवलाई जिम्मेवारी दिने सरकारको निर्णयमा जनआक्रोश नमिसिएको पनि दाबी गरे । उनले भने,‘असन्तुष्टि चुलिएको जस्तो त मलाई लाग्दैन। उहाँभन्दा योग्य मान्छे राखेका छौं। जे भएपनि न्याय भएको छ।’