बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।