प्रि ओपन सेसनमै घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमै घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.२३ अंकले घटेर २६१०.४५ विन्दुमा अडिएको छ। यो सेसनमा ३४ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ६ लाख २२ हजार ३८० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा अडिएको थियो। सो दिन ६ अर्ब  ३२ करोड बराबरको सेयर कारोबार भएको थियो।

उच्च अंकले सेयर बजार घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।