पोखरा रंगशाला निर्माणको काम ९०प्रतिशत सम्पन्न, ५ दिनभित्र प्यारापिट जडान हुने

पोखरा रंगशाला निर्माणको काम ९०प्रतिशत सम्पन्न,  ५ दिनभित्र प्यारापिट जडान हुने

काठमाडौं : मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुदै छ । अहिले रंगशालामा धमाधम प्यारापिट जोड्ने काम शुरु भएको छ। महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि नै पोखरा आइपुगेको हो। मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए।
मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन्। उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको खेलमा पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ। पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ।