परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् । उनले भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि उनी यही मार्च १७ देखि नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयले आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुनेछिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री एवं विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री राणाले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ ।

यो भ्रमणकै क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको ‘फलो अप’ पनि गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहितका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।