घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।

बिहीबार चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।