काठमाडौँ । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ । ५ बुँदे सहमति फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गराइएको छ ।
मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने । व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई अघि बढाउने सहमति भएको छ ।