काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको ५ सय रुपैयाँले बढेर प्रतितोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको थियो। सुनको मूल्य वृद्धि भएपनि चाँदी भने घटेको छ।यसदिन १५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।