ला-लीगामा मेस्सीले गरे गोलको वर्षा

ला-लीगामा मेस्सीले गरे गोलको वर्षा

एजेन्सी : मेस्सीले गय राति भएको ला लिगा अन्तरगतको एकै खेलमा चार गोलको वर्षा गरेपछि बार्सिलोनाले एइबर माथि ५-० को सान्दार जित निकालेको छ । यो जित संगै बार्सिलोनालना शिर्ष स्थानमा उक्लिएको छ, भने जारीमा सिजनमा मेस्सीले ला लिगामा आफनो गोल संंख्या १८ गोलमा पुराएका छन् । उता आफनो खेलमा रियल म्याड्रिडले लेवानते संग १-० ले हार व्येहोरे पछि अङगक तालिकामा बार्सिलोनाले स्पस्त २ अंक को अग्रता बनाएको छ ।

मेस्सीले पहिलो हाफमा नै आफनो ह्याट्रिक पुरागरेका थिए । मेस्सीले खेल सुरु भएको १४ औं मिनेटमा पहिलो गोल गरे, ३७ औं मिनेतमा दोस्रो गोल गरे भने त्यसको ३ मिनेट पनि बित्न नपाउदै ४० औै मिनेटमा तेस्रो गोल गर्दै आफनो ला लागी करियरको ३६ औ हाटरिक पनि पुरा गरे । दोस्रो हाफको ८७ औ मिनेटमा मेस्सीले थप एक गोल गर्दै एकै खेलमा ४ गोल गर्न सफल भएका छन्। ८९ औं मिनेटमा आर्थर मेलोले थप एक गोल गर्दै बार्सिलोनामन लागी ५ औं गोल गरेका थिए ।

हिजै भएको अरु खेलहरुमा रियल सोसियादादले भ्यालेन्सियालाई ३-० ले हरायो, रियल म्याड्रिडले लेवानते संग १-० को हार व्येहोरो,सेल्टी भिगोले लेगनेसलाई १-० ले नै जितो र रियल बेतिसले मल्लोरका संग ३-३ गोलको बराबरी खेलो ।