घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम छ । बिहीबार (फागुन ८) छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९० रुपैयाँ कायम छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।