काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा.एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको स्रोतले बतायो ।