काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्।
अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन्। कूल ८७३ मत खसेकोमा भट्टराईले ८०२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चपागाईँले जम्मा ७१ मत पाए।
भट्टराईलाई टक्कर दिन प्रतिस्पर्धामा होमिएका चापाईँले महाधिवेशनमा लज्जास्पद हार व्यहोर्नुपरेको छ। कूल खसेको मतमध्ये चापागाईँले पाएको मत ८ प्रतिशत हो। लगभग ९२ प्रतिशत मत भट्टराईकै पक्षमा गएको छ। चापागाईँ नेसपा (नयाँ शक्ति) निकट सामाजवादी विद्यार्थी युनियनका अध्यक्ष थिए।
महिला उपाध्यक्षमा डा. भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए।