सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ ।  अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मूल्यवृद्धिले एकैपटक सुनको मूल्यलाई प्रभाव पारिरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।