सहकारीको एक अर्ब ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

सहकारीको एक अर्ब ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले आइतबार बिहान थापालाई पक्राउ गरेको हो । उनीमाथि कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ ।

कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सहकारीको रकमको दुरुपयोग गरी थापासहितले ढुकुटी खेलाउने, बोर्डिङ स्कूलमा लगानी गर्ने र व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ ।