कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। माघ २४ गते बिहान बस्नेगरी बैठक स्थगित भएको हो। बैठकमा सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक २४ गते बिहान बस्नेगरी स्थगित भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनले भने,' आजको बैठकमा बोल्ने क्रम सकिएन। २४ गते संसद बैठक हुन्छ। त्यही दिन बिहान ८ बजे बस्नेगरी बैठक स्थगित भएको छ।' उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूको बाँकी छ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको उनको भनाइ छ। यसैगरी बैठकमा ताप्लेजुङमा पाथीभारा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेको र मन्त्री लेखकले वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको समेत उनले बताए।