सरकारले केही व्यक्ति र व्यवसायीहरुका लागि काम गरिरहेको एकीकृत समाजवादीको निष्कर्ष

सरकारले केही व्यक्ति र व्यवसायीहरुका लागि काम गरिरहेको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले सरकारले सीमित व्यक्ति र व्यवसायीलाई फाइदा हुनेगरी अध्यादेश ल्याएको निष्कर्षसहित अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो।

सरकारले अध्यादेशमार्फत २० प्रतिशतभन्दा बढी नाफा लिन नमिल्ने ऐनको प्रावधान संशोधन गरेर स्वार्थ समूहरुलाई पोस्ने काम गरेको एकीकृत समाजवादीको निष्कर्ष छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षित क्षेत्रका जमिनहरु सरकारको नाममा ल्याएर आफ्ना मान्छे, समूह र उद्योगलाई बाँड्न खोजेको एकीकृत समाजवादीको आशंका छ । गिरीबन्धुजस्ता जग्गालाई अवैधानिक रुपमा बैध बनाउने कार्यको विरोध गरिने एकीकृत समाजवादीले जनाएको छ।