एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक अहिले बसिरहेको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ। बैठकमा वर्तमान राजनीतिक अवस्था, आव्हान गरिएको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको पार्टी प्रचार विभागले जनाएको छ।

पार्टीले स्थायी कमिटी बैठक माघ २८, पोलिटब्युरो बैठक माघ २९ र केन्द्रीय कमिटी बैठक माघ ३० देखि फागुन २ गतेसम्म बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए।