कांग्रेस संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको बैठक जारी

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ। आज दिउँसो संसद भवनको लोत्से हलमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। बैठकमा विज्ञहरूले सरकारले ल्याएको अध्यादेशबारे ब्रिफिङ गरिरहेका छन्।

बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने, विचाराधीन विधेयक, अध्यादेश लगायतका विषयमा पनि छलफल हुँदैछ। एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकलाई प्राथमिकतामा राखेर अध्ययन गरिरहेका छन्।विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरी छलफल गर्ने  सत्ता पक्षको तयारी छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक १८ माघमा बस्ने गरी बैठक आह्वान भएको छ। सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरूसँग सघनरूरुपमा छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो।

बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता प्रकाशशरण महतले बताए। उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए।