टोटनह्यामका प्रशिक्षक पोचिटिनो बर्खास्त ।

टोटनह्यामका प्रशिक्षक पोचिटिनो बर्खास्त ।

टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ। विगत ५ वर्षयता निरन्तर टोटनह्यामको प्रशिक्षक रहेका पोचिटिनो जारी सिजनको खराब प्रदर्शनका कारण बर्खास्तीमा परेका हुन्।

४७ वर्षिय पोचिटिनोले जारी सिजन सुरुवातबाटै क्लबको खराब प्रदर्शनमा कुनै चमत्कारीक नतिजा दिलाउन सकेनन्। अहिले टोटनह्याम लिग अंक तालिकाको १४ औ स्थानमा रहेको छ।
टोटनह्यामले उनको विकल्पमा यसअघि म्यानचेस्टर युनाईटेड र चेल्सीका म्यानेजर रहेका जोसे माउरिन्होलाई विकल्पका रुपमा हेरेको इंग्लिस सचारमाध्यामहरुले दाबी गरेका छन्।

क्लबका अध्यक्ष ड्यानियल लेवीले यो निर्णय लिन सहज नभएको तर लिनु पर्ने अबस्था आएको दावि गरे। साथै कुनै हतारमा गरेको निर्णयपनि होइन्।’ पोचिटिनोले २८ मे २०१४ बाट क्लब समाल्दै आएका छन्। उनकै नेतृत्वमा टोटेनह्यामले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो। म्याड्रिडमा भएको सो खेलमा टोटेनहमले लिभरपुलसँग फाइनल खेल गुमाएको थियो।