पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वडीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं। सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतले रास्वपाका पूर्वसभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका थिए । जोशी पनि नेटवर्कका सञ्चालकमध्येका एक थिए ।