युनाइटेडको चेल्सी माथी विवादासमक जित

युनाइटेडको चेल्सी माथी विवादासमक जित

एजेन्सी : प्रिमियर लिग अन्तरगत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीकै घरेलु मैदान स्टैमफोर्ड ब्रिजमा २-० को विवादासमक जित निकालेको हो । यो जित संगै युनाइटेड ७ औं स्थानमा उक्लिएको छ भने चेल्सी हारका बाबजुत पनि ४ स्थानमा कायम नै छ ।

यो जित संगै युनाइटेडले चेल्सी माथी १९८७/८८ पछाडी पहिलो पटक लिग दबल गरेको छ । युनाइटेडका लागी ४५ औं मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए र पहिले हाफ १-० दे अघि रहेको युनाइटेडले दोस्रो हाफमा पनि ६६ औं मिनेटमा ह्यारी मगुइएर मार्फत गोल गर्दै युनाइटेडलाई २-० को बलियो स्थितीमा पुगाए । त्यस पछि निर्धारित समयसम्म पनि चेल्सीले कुनै जवाफी गोल फर्काउन नसकेपछि युनाइटेडले खेल २-० ले आफनो पक्षमा पर्न सफल भएको हो ।