विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० ले पराजित

विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० ले पराजित

काठमाडौं : विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० ले पराजित भएको छ । भुटानको थिम्पुमा आजको खेलमा नेपाल पराजित भएको हो ।

आजको खेलमा नेपालले निकै सुधार गरेको थियो जबकी त्यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो ।

कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक रहेको छ ।