शपथ ग्रहणा

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।