छविलालको बयान सकियो, रविको भन्दा पहिले लिलाको बयान हुने

छविलालको बयान सकियो, रविको भन्दा पहिले लिलाको बयान हुने

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान जारी छ ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको बयानमा पूर्व डीआईजी छविलाल जोशीको बयान लिईएको थियो । मंगलबार दिउँसो उनको बयान सकिएको छ ।

छविको बयान सकिएसँगै आजै लिला पछाईंको बयान सुरु भएको छ । लिलाको बयानपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेको बयान हुनेछ । आइतबार रविसहितका ५१ जनाविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।