ए डिभिजन लिगको उपाधि भिडन्तमा मछिन्द्र १-०ले अघि

ए डिभिजन लिगको उपाधि भिडन्तमा मछिन्द्र १-०ले अघि

काठमाडौं : शहीद स्मारक ए डिभिजन फूटबल लिगको उपाधि भिडन्तमा मछिन्द्र क्लबले सुरुआती अग्रता लिएको छ ।

खेलको ३३ औं मिनेटमा नेपाल आर्मीका विकास तामाङले आत्मघाती गोल गरेपछि मछिन्द्रले अग्रता लिएको हो । गोललगत्तै आर्मीका विकेश कुथुले इन्जुरीका कारण मैदान छाडेका छन् । विकेशका स्थानमा विवस चौधरी मैदान प्रवेश गरेका छन् । यो खेलमा मछिन्द्रलाई उपाधिका लागि स्पष्ट जित आवश्यक छ भने आर्मीलाई बराबरी गर्दा पर्याप्त हुनेछ ।