काठमाडौं । सरकार ढल्ने चर्चाले शेयर बजारमा नकारात्मक असर परेको छ । हिजो उच्च अंकले ओरालो लागेको बजार प्रिओपन सेसनमा १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ ।
सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँ बराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमा १५ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ४४ कम्पनीको शेयर ८७ पटक कारोबार भयो ।
प्रधानमन्त्री ओली चीन भ्रमण जाँदा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को मस्यौदामा भएको सम्झौतापछि भारत र अमेरिकाको असहयोग रहन सक्ने र त्यसले सरकारलाई अप्ठेरोमा पार्ने बुझाइ लगानीकर्तामा रहेको छ। लगानीकर्ताको मनोविज्ञान नै बजारमा देखापर्ने भएकाले बजार राताम्मे देखिएको हो ।