म्यानचेस्टर सिटीलाई ३ अर्ब ७० करोड रूपैयाँ जरिवाना

म्यानचेस्टर सिटीलाई ३ अर्ब ७० करोड रूपैयाँ जरिवाना

एजेन्सी : म्यानचेस्टर सिटीले युएफा (च्याम्पियन्स लिग) को क्लब इजाजतपत्र र वित्तीय निष्पक्ष खेल नियमहरूको गम्भीर उल्ल्घ्न गरेको पाए पछि अर्को दुई वर्षसंम यूरोपीयन क्लबका कुनै पनि प्रतियोगिताहरुमा खेलन नपाउने गरि प्रतिबन्धित गरेको छ। गत सिजनको प्रिमियर लिग च्याम्पियनलाई कारबाई सोरुप ३० मिलियन युरो अर्थात ३ अर्ब ७० करोड नेपाली रूपैयाँ जरिवाना पनि गरिएको छ। म्यान्चेस्टर सिटीले भन्यो कि उनीहरू यो निर्णयबाट निराश छन् तर चकित भने छैनन् र उक्त निर्णय बिस्द्ध अपील गर्ने जनाएका छन्।

क्लब वित्तीय नियन्त्रण निकाय (सीएफसीबी) को स्वतन्त्र एडज्यूडिक्टरी चेंबरले भने सिटीले आफ्नो खातामा प्रायोजन राजस्वलाई बढाएर देखाएको थियो र २०१२ र २०१६ को बीचमा युएफालाई बुझाएको ब्रेकइभन जानकारीमा सिटीले नियम तोडेको पाईएको र यसमा क्लब असफल भएको ठहर भएको छ। उक्त विषयको अनुसन्धानमा सिटीले असहयोग पुर्‍याउदै आएको छ । यो रिपोर्ट बाहिरे संगै सिटीले प्रीमियर लिगको नियम अनुसार पोइन्ट कटौतीको  सामना पनि गर्न सक्दछ । यद्यपि, यो सजाय सिटीको महिला टोलीलाई कुनै असर नहुने भएके छ ।