काठमाडौँ । काठमाडौं महानगरपालिका– १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
मंगलबार काठमाडौं महानगरका मेयर बालेन शाहले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले सोमबार काठमाडौं महानगरपालिका—१६ मा जितेको थियो।
रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका थिए।
२०७९ को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।