धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

काठमाडौं।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।  यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन्।

उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो।