कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप

काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन्।

आज एक भिडिओ सार्वजनिक गर्दै प्रसाईँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् । उनले भिडिओमा विभिन्न प्रमाणहरुसमेत समावेश गरेका छन् ।

साथै, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा रहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रसाईँको दाबी छ । ओलीले लगानी गरेको अमेरिकी डलरको नेपाली मूल्य साढे ३२ अर्ब भन्दा धेरै हुन्छ ।