काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ ।
आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको समितिले जनाएको हो । परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समितिका सदस्य एबम नेकपा एमालेका सचेतक सुनिता बरालले जानकारी दिइन् ।
उनका अनुसार आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।परराष्ट्रमन्त्री राणा काठमाडौँ बाहिर रहेपछि बैठक स्थगित गरिएको बरालले बताइन् ।
परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् । समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो ।