नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी पिएसएलको ड्राफ्टमा समावेश

नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी पिएसएलको ड्राफ्टमा समावेश

काठमाडौ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन् ।

ड्राफ्टमा पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी छन् । सात जना नै सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन्।

यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ । क्यानले सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्। बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन्। यद्यपी ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ ।