काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् ।
बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।
उनको संक्षिप्त प्रतिक्रिया थियो,‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछाने पक्राउ परेपछि रास्वपा पँक्ति पूरै आन्दोलित छ । लामिछानेले पनि आफूमाथि कांग्रेुस र एमालेले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेका छन् । उ
नले यसअघि केपी शर्मा ओली नेतृत्वमा रहेसम्म देशले सुख नपाउने टिप्पणी गरेका थिए।