काठमाडौं। नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन गरेको छ । आज (शनिबार) बसेको बैठकले तल्लो कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको हो ।
आगामी मंसिर १६ गते ४४ वटा स्थानीय तहमा उपनिर्वाचन हुने कार्यतालिका रहेको छ । ‘उपनिर्वाचनको सन्दर्भमा नेकपा (एमाले) को तर्फबाट सिफारिस भइआएका, निर्णय भइआएका उम्मेदवारहरुको नाम अनुमोदन गर्ने काम गरेको छ,’– बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
एमालेले सिंगो पार्टी पंत्तिलाई स्थानीय तह उप निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण सामाथ्यका साथ परिचालित हुनसमेत आग्रह गरेको छ ।