देउवालाई थप खुसी बनाउनुपर्नेमा एमालेको जोड

देउवालाई थप खुसी बनाउनुपर्नेमा एमालेको जोड

काठमाडौं। नेकपा (एमाले) ले सरकारले आधारभूत रुपमा ठीक ढंगले काम गरिरहेको निश्कर्ष निकालेको छ। आज (शनिबार) बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सरकारको प्रभावकारिताका लागि कांग्रेस–एमालेबीचको समझदारीलाई अझ प्रगाढ बनाउनुपर्ने निश्कर्ष निकालेको हो।


बैठकको निर्णयका बारेमा जानकारी गराउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको कामको प्रभावकारित बढाउनका लागि संयन्त्रसमेत बनिएको र सरकारलाई काम कारबाहीलाई अझ सुृदृढ बनाउने कुराका सफलता प्राप्तहोस् भन्ने कुरामा आफूहरुको जोड रहेको बताए।

‘सरकारको ४ महिने कार्यकालको समीक्षा गरेका छौं हामीले । सरकारले आधारभूत रुपमा ठीक ढंगले काम गरेर अगाडि बढिरहेको छ । दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारी अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउन निम्ति संयन्त्र पनि बनेको र अझ सुदृढ गर्दै लैजानको निम्ति सरकारलाई फलता प्राप्त होस् भन्ने कुरामा पनि जोड दिएका छौं,’– उपमहासचिव ज्ञवालीले भने ।


एमाले–कांग्रेसहितको सत्ता गठबन्धनमा खटपटको संकेत देखापरेसँगै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र बनाएका थिए । उक्त संयन्त्रलाई प्रभावकारी बनाएर कांग्रेससँगको दुरीलाई अझै घटाउनुपर्ने निश्कर्ष एमालेको छ ।