ए डिभिजन लिगमा भरतले गरे ५० गोल पुरा

ए डिभिजन लिगमा भरतले गरे ५० गोल पुरा

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले ५० गोल पुरा गरेका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध गोल गर्दै भरतले लिगमा आफ्नो ५० गोल पुरा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० वर्ष भन्दा लामो लिग अनुभवमा उनी ५० गोल पुरा गर्ने थोरै खेलाडी मध्ये परेका छन् । लिगमा ५० गोल पुरा गर्ने उनी सातौं खेलाडी बनेका छन् ।

यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ ,सन्तोष साहुखल र गणेश लावतीलेले ५० गोल पुरा गरेका थिए । सन्तोषले भने यहि लिगका दौरान लिगको एक सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेका थिए । भरतको कप्तानीमा आर्मीले लिगमा उच्च प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीको समेत कप्तानी गरिरहेका भरतले यो सिजनमा पनि एकरुपको प्रदर्शन गरिरहेका छन् ।