काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका निम्ति घुस लिएको अवस्थामा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको थियो । त्यसपछि इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमतिरनिर्णय कार्यान्वयन गर्नरगराउन सेवाग्राहीसँग घुस लिएको अनुसन्धानका क्रममा पुष्टि भएको अख्तियारले जनाएको छ ।