विश्वकप लिग २ मा ओमानसंग नेपाल पराजित

विश्वकप लिग २ मा ओमानसंग नेपाल पराजित

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।

दुई पटक ‘जीवनदान’ पाएका अकिब इल्यासले अविजित १०९ रन बनाए । उनलाई २५ औं ओभरको पाँचौ बलमा आरिफ शेख र ३३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले क्याच छाडेका थिए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमा घरेलु दर्शकको साथ पाएको नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना अधुरै रह्यो ।

२५० रनको लक्ष्य ओमानले ४७।२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका करण केसीले पहिलो ओभर मेडन गर्दै नेपालको लागि सुखद शुरुवात गरे । तर त्यसपछि ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो । १० ओभरको पावरप्लेमा ओमानले कुनै विकेट नगुमाई ४१ रन जोडेको थियो ।