विश्वकप क्रिकेट लिग २: डेब्यु ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान

विश्वकप क्रिकेट लिग २: डेब्यु ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ओडीआईमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै खेलेका थिए ।

अमेरिकाविरुद्ध कुशलले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।यसअघि गत वर्ष युनाइटेड अरब इमिरेट्स यूएईसँगको शृङ्खलामा नेपालका रोहितकुमार पौडेलले १६ वर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए । नेपाली खेलाडी पौडेलको कीर्तिमानी कुशलले तोडिदिएका छन् । जारी खेलमा उनी ५१ बलमा ५० रन बनाएर आउट भएका छन् । सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।