रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले गरे नाराबाजी

रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले गरे नाराबाजी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पीडितले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुग्नुभएको लामिछानेलाई सहकारी पीडितहरूले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए। लामिछानेले सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए।

लामिछानेले सहकारीबाट गोरखा मिडियामा गएको रकमको दुरुपयोग गरेको संसदीय छानबिन विशेष समितिले दोषी ठहर गरेको छ। लामिछानेले आजको सार्बजनिक सुनुवाईमा आफुले सहकारी ठगि नगरेको दोहोर्याउनु भएको थियो । उहाँले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी समेत गरेका थिए।

चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको उनको जिकिर थियो।

उनले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गर्ने समेत आश्वासन दिए।