काठमाडौँ । अखिल (क्रान्तिकारी) को बन्द सत्र स्थगित भएको छ। उमेर हद लगाउने कि नलगाउने भन्नेमा विद्यार्थी नेताहरूबीच उत्पन्न विवाद समाधान नभएपछि बुधबारका लागि बन्द सत्र स्थगित भएको हो।
‘हाम्रो संगठनको २३औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र बुधबार स्थगित गरिएको छ,’ अध्यक्ष मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बन्द सत्र असोज १७ गते बिहान १० बजेदेखि सञ्चालन हुने जानकारी गराइन्छ।’
उमेर हद राख्ने कि नराख्ने भन्ने बारेमा विवाद बढेपछि असोज १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनमा अझै निर्वाचन प्रक्रिया सुरू भएको छैन।क्रान्तिकारीका निवर्तमान पदाधिकारी उमेर हद लगाउन नहुने पक्षमा छन् भने अधिकांश प्रतिनिधि उमेर हदको पक्षमा छन्।
विवाद बढेर हुलदंगा भएपछि समस्या समाधान गर्न भन्दै नेकपा ९माओवादी केन्द्र० ले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ।
ीबहmष् दबलप
उनले विद्यार्थी नेताहरूसँग मंगलबार राति पनि अबेरसम्म छलफल गरेका थिए। तर छलफलमा कुनै सहमति हुन नसकेको अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान अध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले बताए।
बुधबार अखिल क्रान्तिकारीका पदाधिकारीहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुँदैछ। उमेर हद लगाएर निर्वाचन गर्ने, जो पनि उम्मेदवार हुन पाउने गरी निर्वाचन गर्ने र सम्मेलन अहिलेका लागि स्थगित गर्ने तीन विकल्पमाथि केन्द्रित रहेर बुधबार छलफल हुने एक नेताले जानकारी दिए।