काठमाडौँ । सहकारी प्रकरणमा मुद्दा दर्ता भए पनि अहिलेसम्म पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने आँट गर्न सकेको छैन ।
देशका ठूला सहकारी ठगी प्रकरणमा अत्यधिक चर्चा कमाएका र सहकारी ठगी प्रकरण सम्बन्धी गठित संसदीय विशेष छानबिन समितिबाट सहकारी ठगीमा दाषी देखाइ कारबाहीको सिफारिसमा परेका रविलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको हो। लामिछाने अरुलाई दोष लगाउन र आफू जोगिन निकै खप्पिस देखिन्छन् ।
उनी आफू उपर कारबाहीको सिफारिस हुँदासमेत मलाइ छानबिन समितिले क्लिन चिट दियो, न्याय ग¥यो भन्दै उफ्रिइ रहेका बेला प्रहरीले उनलाई पक्राउ गर्न खोजेपछि पार्टी कार्यालयमा आफ्ना भक्तजनहरूलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गर्दै प्रहरीसँग मुठभेड गर्न खोजी रहेका छन्।
यतिमात्रै होइन लामिछानेले नेपाली कांग्रेसका सभापति तथा महामन्त्रीले राजनीतिक प्रतिशोध साध्नकै लागि आफूलाई फसाउन खोजेको आरोपसमेत लगाइरहेका छन् भने आफू उम्कन प्रधानमन्त्री लक्षित टिप्पणीमा अमेरिकाबाट आँखा नसन्काउनु, म कोठा मिलाउँछु, नेपालमा आएर कुरा गरौँ भन्नसमेत बाँकी राखेका छैनन् ।
यदि उनी आफूमाथि लागेका सबै आरोपमा निर्देष छन् भने यस्ता कुकृत्य गरिरहनु जरुरी देखिँदैन। पछिल्लो घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले लामिछानेलाई तत्काल प्रहरीलाई बुझाइदिन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन् कि-
‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो, तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो, हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसका सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, किनकि कानून भन्दा माथि कोही हुनुहुँदैन भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्, अहिले विधिको शासन स्थापना गर्ने बेला हो, ठग जो सुकै हाम्रो पार्टीका किन नहोस्, जेलमा कोच्ने बेला यही हो, कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन। यो तर्क लामिछानेको हकमा मात्रै नभइ दोषी देखिएका सबलाई लागू हुनुपर्दछ।।’
रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि यस विषयमा प्रश्न गरेकै काराढकाल महामन्त्रीबाट निलम्बित भएका थिए। लामिछानेमाथि सहकारीको अर्बौं रकम अपचलन गरेको आरोप छ। गहमन्त्रीको निर्देशन लगत्तै सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्व डिआईजी छविलाल जोशी पक्राउ परिसकेका छन्।
अब उस्तै प्रकरणमा जोडिएका लामिछाने राजनीतिक आवरणमा उम्कने र अन्य व्यक्तिहरू कठघरामा उभिनु पर्ने गरी अन्यायपूर्ण व्यवहार गरिनु हुँदैन। लामिछानसमेत मुछिएका सहकारी ठगी मुद्दामा कही व्यक्तिहरू एक वर्षदेखि कारागारमा कैदी जीवन बिताइरहेका छन्। साधारण मानिएका ती व्यक्तिहरू कहिले र कसरी जेलमुक्त हन्छन्?
यस विषयमा गम्भीर अनुसन्धान हुनु जरुरी छ। आफूलाई प्रहरीले पक्राउ गर्नेे आशंकामा लामिछानेले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरूलाई गत साताको आइतबार पार्टी कार्यालयमा बोलाएर रातको ११ बजसम्म भीड लगाए। शालिकराम पुडासैनी आत्महत्या दरुत्साहन मुद्दामा पनि रविले चितवन जिल्ला अदालत परिसरमा ठूलो भीड लगाएरै अदालतलाइ प्रभावित बनाएका थिए र अहिले पनि उनी त्यही बाटामा छन्।