रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्

रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरेका छन्। उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन दिएका छन्।

कम्तीमा पनि रास्वपाको साधारण सदस्यता कायम राखिदिन उनको आग्रह छ। ‘मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ,’ उनले दिएको निवेदनमा भनिएको छ।